भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संसदमा भैरहेको भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्ने बताएका छन् । शुक्रबार उदयपुरमा चौदण्डीगढी नगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै परियारले अहिले सदनमा भैरहेको भिजिट भिषा सम्बन्धिको आफूहरुको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनु पर्ने बताएका हुन् ।
बिहिबार रुपन्देहीको भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले समेत सदनमा अहिले देखिएको समस्या वार्ताको माध्यमबाट टुङ्ग्याउनु पर्ने निस्कर्ष निकालेको समेत उनले बताए । जनताको पक्षमा सम्वाद गर्न आए ढोका खुला रहेको भन्दै उनले संख्याको बल देखाए आन्दोलन जारी राख्ने स्पष्ट पार्नुभयो । प्रमुख सचेतक परियारले देशमा परिवर्तन गर्न चाहने शक्तिलाई रोक्न वर्तमान सत्ता साझेदार दल लागिपरेको आरोप लगाए ।
शुक्रबार भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौदण्डीगढी नगर अधिबेशन मार्फत रमेश बिष्टको अध्यक्षतामा १० सदस्य समिति सर्वसम्मत चयन भएका थिए ।

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिक्रिया