इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक सन्तुष्टिमा नयाँ मापदण्ड स्थापित

काठमाडौं – स्मार्टफोन बजारमा अग्रणी ब्रान्ड इन्फिनिक्स नेपालले प्रयोगकर्ताको अनुभवलाई अझ समृद्ध बनाउने र आफ्ना उपभोक्तालाई मनको शान्ति दिने दुई नयाँ ग्राहककेन्द्रित पहलहरूको घोषणा गरेको छ। साथै, इन्फिनिक्सले अझै पनि Band 20 कनेक्टिभिटी सपोर्ट प्रदान गर्दै आइरहेको छ, जसले नेपालका उच्च भू-भागमा समेत भरपर्दो नेटवर्क पहुँच सुनिश्चित गर्छ।
विस्तारित वारेन्टी – गुणस्तर र विश्वासप्रतिको प्रतिबद्धता
अबदेखि सबै इन्फिनिक्स उपकरणहरूमा १८ महिनाको विस्तारित वारेन्टी उपलब्ध हुनेछ। सबै नयाँ इन्फिनिक्स मोडेलहरूमा उपलब्ध यो सुविधा ब्रान्डको गुणस्तर, भरपर्दोपन र ग्राहक सन्तुष्तिप्रतिको प्रतिबद्धतालाई झल्काउँछ। अब उपभोक्ताहरूले आफ्नो डिभाइसको थप सुरक्षासहित इन्फिनिक्स स्मार्टफोनका सबै विशेषताहरू आत्मविश्वासका साथ प्रयोग गर्न सक्नेछन्।
एकपटक निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफर
वारेन्टी सुविधाको अतिरिक्त, इन्फिनिक्सले एकपटकको निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफर पनि ल्याएको छ। HOT 50i, Smart 10, Smart 10 Plus, GT20 Pro, GT 30 Pro, Note 50X तथा अन्य सबै नयाँ मोडेलहरू खरिद गर्ने ग्राहकहरूले उपकरण सक्रिय भएको मितिबाट १०० दिनभित्र एकपटक निःशुल्क स्क्रीन रिप्लेस गराउन सक्नेछन्।
यो योजना २०८२ असार १७ गतेदेखि कात्तिक १४ गतेसम्म (१ जुलाई – ३१ अक्टोबर २०२५) लागू हुनेछ, जसले ग्राहकलाई कुनैपनि आकस्मिक स्क्रिन क्षतिबाट सुरक्षा सुनिश्चित गर्छ।
Band 20 कनेक्टिभिटी – नेपालको उच्च भू-भागमा अझ राम्रो नेटवर्क पहुँच
इन्फिनिक्स स्मार्टफोनहरू Band 20 प्रविधिसहित आउँछन्, जसले कमजोर सिग्नल भएका ठाउँहरूमा पनि सशक्त नेटवर्क कनेक्टिभिटी प्रदान गर्छ। नेपालमा मोबाइल सेवा प्रदायकहरूले प्रयोग गर्ने मुख्य फ्रिक्वेन्सीमध्ये एक Band 20 हो, जसले उच्च भू-भागहरूमा पनि कॉल वा मोबाइल डाटा सेवा स्थिर रूपमा चलाउन सक्षम बनाउँछ।
यो सुविधा इन्फिनिक्सको नेपालभर भरपर्दो कनेक्टिभिटी सुनिश्चित गर्ने दीर्घकालीन प्रतिबद्धताको एक हिस्सा हो।
अफरको विवरण:
विस्तारित वारेन्टी: सबै इन्फिनिक्स उपकरणमा १८ महिनाको वारेन्टी।
एकपटक निःशुल्क स्क्रिन रिप्लेसमेन्ट: HOT 50i, Smart 10, Smart 10 Plus, GT20 Pro, GT 30 Pro, Note 50X तथा अन्य सबै नयाँ मोडेलहरूमा लागू। सक्रिय मितिबाट १०० दिनभित्र स्क्रिन रिप्लेस गराउन सकिने।
Band 20 कनेक्टिभिटी: नेपालका उच्च भू-भागमा पनि स्थिर नेटवर्क पहुँच।
इन्फिनिक्स नेपालको सन्देश
“हामी हाम्रा ग्राहकलाई दीर्घकालीन मूल्य प्रदान गर्नु आवश्यक छ भन्ने बुझ्छौं,” इन्फिनिक्स नेपालका NSM, पियुष गिरिले भन्नुभयो। “यी अफरहरू इन्फिनिक्स स्मार्टफोन प्रयोग गर्दा उपभोक्ताले उत्कृष्ट अनुभव पाउन सकुन् भन्ने हाम्रो प्रतिबद्धता हो। चाहे त्यो विस्तारित वारेन्टी होस्, निःशुल्क स्क्रीन रिप्लेसमेन्ट होस् वा भरपर्दो Band 20 कनेक्टिभिटी — हामी हाम्रा ग्राहकको प्रत्येक कदममा साथ दिन तयार छौं।”
इन्फिनिक्स नेपालबारे
इन्फिनिक्स एक विश्वव्यापी स्मार्टफोन ब्रान्ड हो, जसले उपभोक्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट मूल्यमा स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध छ। नवप्रवर्तनशील डिजाइन र फिचरहरूका लागि परिचित, इन्फिनिक्सले प्रतिस्पर्धात्मक मूल्यमा प्रिमियम गुणस्तरका डिभाइसहरू उपलब्ध गराउँदै स्मार्टफोन उद्योगमा पहिचान बनाएको छ।
नेपालमा बलियो उपस्थिति बनाउँदै, इन्फिनिक्सले आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन निरन्तर प्रयत्न गरिरहेको छ।

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

आजदेखि घट्यो पेट्रोलको मूल्य, बढ्यो डिजेल र मट्टितेलको

आजको लागि विदेशी मुद्राको विनिमयदर

घट्यो पेट्रोलको मूल्य

प्रतिक्रिया