प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

मुगु - कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आर्थिक वर्ष २०८२/ ८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो । मालपोत कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर ३० लाख रुपैयाँ सम्मको थैली अङ्क जिरो दशमलव दुई प्रतिशत,३० लाख रुपैयाँ देखि २ करोड रुपैयाँ सम्मको थैली अङ्कमा ०.३ प्रतिशत र २ करोड रुपैयाँ भन्दा माथिको थैली अङ्कमा ०.५ प्रतिशत राजस्व तोकिएको थियो ।
चालु आथिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा ३० लाख रुपैयाँ सम्मको थैली अङ्कमा १.५ प्रतिशत, ३० लाखदेखि २ करोड थैली अङ्कमा २ प्रतिशत र २ करोडदेखि माथिको थैली अङ्कमा २.५ प्रतिशत पुर्याइएको छ ।
यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा ३० लाख रुपैयाँ सम्मको १ प्रतिशत, ३० लाख रुपैयाँ देखि २ करोडसम्मको थैली अङ्कमा १.५ प्रतिशत र २ करोड रुपैयाँ भन्दा माथिको थैली अङ्कमा २ प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिए।
शत्प्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन् । छायानाथ रारा नगरपालिका–२ चैन गाउँका नवराज चौलागाईंले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताए।

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

प्रतिक्रिया