शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशायी बनेः डा. कोइराला

धरान- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धराशायी बन्दै गएको बताएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबिबिएस बिध्यार्थीहरुले धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको बताए । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरू जहाँ-जहाँ पुगे पनि सबैले शिर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए । स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाई थियो ।