१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

चितवन- साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो ।
कार्यालयकी जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् । जिल्लाको भरतपुर महानगरपालिकाका– सातजना, खैरहनी नगरपालिकाका तीन जना, रत्ननगर नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । पाँच जना पुरुष र नौ जना महिलामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिए ।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्छ ।
डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको कार्यालयले जनाएको छ । यस्तै आँफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न नदिने रहेको रुपाखेतीले बताए ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_ru9WkXTMOk_jsoaosd0px3v7x4fcsl5dcmecrylxwsfw0lw9l0wh1cnjevojw7nj4wezr9h.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेलम्बुमा प्रभावकारी बन्दै मातृ तथा शिशु स्वास्थ्य सेवा कार्यक्रम
हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

प्रतिक्रिया