ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि
ताप्लेजुङ- तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि सुरु हुने भएको छ । पाथीभरामा बिहीबार आयोजिक कार्यक्रममा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।
खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । उद्घाटन खेल तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श फुटबल क्लब इटहरीबीच हुने छ । साउन २५ गते सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच खेल हुनेछ ।
अध्यक्ष मादेनका अनुसार साउन ३१ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

मार्भल टेक्नोप्लास्ट सुदूरपश्चिचम रोयल्सको एक्सिलेन्स पार्टनर

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

प्रतिक्रिया