शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

काठमाडौँ- रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि प्रहरीले अप्रेसन चलाएको छ । गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरू ४७ जनालाई पक्राउ गरेको प्रहरीले पक्राउ गरेको छ ।

गएराति पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) पनि छन् । महाराजगन्जस्थित होटल साम्बालामा जन्मदिन मनाउन पुगेका चक्रेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यहिँबाट पक्राउ गरेको हो ।

चक्रे यसअघि २०७४ वैशाख २६ गते महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए ।

प्रहरीले ठमेलको दोहोरी साँझबाट युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो ।