भारतीय अदालतद्वारा पूर्व सांसद र घातक बम विस्फोटको आरोपमा अन्य ६ जनालाई सफाइ
मुम्बई- भारतीय अदालतले बिहीबार एक कट्टर हिन्दू राष्ट्रवादी साध्वी तथा पूर्व सांसद र सन् २००८ मा एक मस्जिद नजिकै भएको घातक बम विस्फोटमा सहभागिताको आरोपमा अन्य छ जनालाई सफाइ दिएको छ ।
पश्चिमी राज्य महाराष्ट्रको मालेगावको मस्जिद नजिकै मोटरसाइकलमा बाँधिएको बम विस्फोट हुँदा भएको आक्रमणमा छ जनाको मृत्यु भएको थियो भने एक सयभन्दा बढी घाइते भएका थिए ।
सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) की पूर्वसांसद साध्वी प्रज्ञा ठाकुरलगायत सात जनालाई आतङ्कवाद र आपराधिक षड्यन्त्रको आरोपमा मुद्दा चलाइएको थियो । उक्त मुद्दा वर्षौंसम्म तानिएको थियो ।
अभियोजन पक्षले आक्रमणमा प्रयोग गरिएका विस्फोटकहरू बोक्न ठाकुरको मोटरसाइकल प्रयोग गरिएको र विस्फोट हुनुअघि उहाँले मुख्य योजना बैठकमा भाग लिएको दाबी गरेको थियो ।
यद्यपि न्यायाधीश ए के लाहोटीले बिहीबार ठाकुर र अन्य छ जना विरुद्ध अभियोजन पक्ष पर्याप्त प्रमाण उपलब्ध गराउन असफल भएको फैसला सुनाए ।
“फैसलाहरू नैतिकता र सार्वजनिक धारणामा आधारित हुन सक्दैनन”, भारतीय कानूनी वेबसाइट लाइभ लका अनुसार लाहोटीले भने ।
बचावपक्षका वकिल रणजित नायरले अभियोजनपक्षले ‘अभियुक्तविरुद्ध कुनै प्रमाण प्रस्तुत गर्न सकेन’ भनी न्यायाधीशले उल्लेख गरेको बताए ।
भारतीय सांसद असदुद्दीन ओवैसीले फैसलालाई ‘निराशाजनक’ भन्दै मारिएकाहरू ‘तिनीहरूको धर्मका कारण निशाना बनाइएका’ थिए भने ।
“जानाजानी कमजोर अनुसन्धान÷अभियोजन निर्दोष सफाइका लागि जिम्मेवार छ”, उनले एक्समा एक पोस्टमा भने ।
मुद्दाको सुनुवाइका क्रममा भारतको आतङ्कवाद विरोधी एकाइले सन् २००८ को बम विस्फोट सामुदायिक तनाव भड्काउन गरिएको बताएको स्थानीय मिडियाले जनाएको छ ।
पचपन्न वर्षीया ठाकुरले सन् २०१७ मा जमानत पाउनुअघि नौ वर्ष जेलमा बिताए । पछि उनले भाजपाले भोपालको केन्द्रीय सहरको सिटका लागि उम्मेदवार बनाएपछि चुनाव जिते ।
भारतीय चुनावी नियमहरूले कसैलाई अपराधमा दोषी नठहरिएसम्म जो कोहीलाई पदमा लड्न अनुमति दिन्छ ।
ठाकुरले भारतीय स्वतन्त्रता वीर महात्मा गान्धीका कट्टरपन्थी हिन्दू हत्यारालाई ‘देशभक्त’ भनेर विवाद खडा गरे । उक्त टिप्पणीपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई हप्काए ।
उनले गाईको पिसाब पिउँदा आफ्नो क्यान्सर निको भएको र दुध, घिउ र गोबरको मिश्रण पिउने फाइदाहरूको वर्णन गरेका थिए । (एएफपी)

इरानसँग सबन्ध राखेको भन्दै ट्रम्पले लगाए ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध

ट्रम्पले भने, ‘कुनै दिन पाकिस्तानले भारतलाई तेल बेच्छ’, सरिफले भने, ‘धन्यवाद …
रुसी हमलामा किभमा ६ जनाको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_yOEOR7INft_vrgor1yziyzu6c5ejmtwbt01kvnoitwr1ql3ayiqnitjc5f2hdakycdo9wzn_cmAbrC0XbS_lutx3alsb5rhiodesymyzvzpt9opjtyzx8m5ew4rsx1x7fqv40ixujvpx9as_asRWRdIrfe_e1qh6y4qjayiuhwi8wb9wmtqj5mdphx8uqu1szwjynodk2qoyfcwyibz9ivk.jpg)
अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि...

पुटिनको सुरक्षामा स्तरोन्नति, ड्रोन लिएर हिँड्न थाले अंगरक्षक

अस्ट्रेलियाको बालमैत्री नीतिः युट्युब प्रयोगमा नयाँ सीमा लागू हुँदै
म्यान्माको चुनावको आलोचना गर्नेलाई जेल सजाय

प्रतिक्रिया