माधव नेपाल समूहका सांसदहरूको बैठक बस्दै

काठमाडौँ - नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरूको आज बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदहरूको आज बैठक बस्ने समूहका सांसद विरोध खतिवडाले जानकारी दिए ।
उनकाअनुसार बैठक साँझ चार बजे बानेश्वरमा बस्ने छ । बैठकमा ओलीले सोधेको स्पष्टिकरण र आगामी रणनीतिबारे छलफल हुनेछ । आइतबार देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमाले केन्द्रीय समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण पत्र पठाइ सकिएको एमाले सचिव शेरबहादुर तामाङले जानकारी दिए । यसअघि नै माधवकुमार नेपाल समूहमा खुल्दै आएका १४ सांसद र ओली समूहमा रहेका ८ सांसदले देउवालाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया