गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

काठमाडौँ – गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गरेका छन्। सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयोजक हाम्दीबीच आज भेटवार्ता भएको हो।
भेटमा संयोजक हाम्दीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरे। उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन तथा नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने गृहमन्त्री लेखकसमक्ष प्रतिवद्धता व्यक्त गरे।
गृहमन्त्री लेखकले सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत सरकार शान्ति प्रक्रियाको काम टुङ्गोमा पुर्याउन सक्रिय रहेको बताए। विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति उहाँले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि संयोजक हाम्दीसँग आग्रह गरे।

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका…

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री रा…

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

प्रतिक्रिया