‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक

काठमाडौं- उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक गरेका छन्। प्राडा पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यद्वारा लिखित ‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक उक्त पुस्तक एक समारोहबीच सार्वजनिक गरेका हुन्।
बिहीबार पुस्तक विमोचन गर्दै उनले वित्त बजारलाई अर्थतन्त्रको आधारशिला मान्दै नेपालमा यसको समुचित विकास नभएसम्म अर्थतन्त्र पूर्ण रुपमा गतिशील नरहने तर्क पुस्तकले गरेको बताए।
उनले भने, ‘पुस्तकले वित्त बजारलाई अर्थतन्त्रको आधारशिला मान्दै नेपालमा यसको समुचित विकास नभएसम्म अर्थतन्त्र पूर्ण रुपमा गतिशील नरहने तर्क छ। त्यस्तै प्रतिस्पर्धात्मक निर्यात केन्द्रित उत्पादनले मात्र व्यापार घाटा सन्तुलनमा आउने धारणा रहेको छ। त्यस्तै नेपाल जस्तो भौगोलिकलगाएत अरु विभिन्न खाले कठिनाई रहेको अल्पविकसित मुलूकमा सुशासन नै समृद्धिको पहिलो स्तम्भ रहेको धारणा पुस्तकको छ।’
उनले विकासको आधार नै शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार मानिएको भन्दै गरिबी न्यूनीकरण र रोजगारी सिर्जना जस्ता कुराहरुको उचित सम्बोधन हुनुपर्ने पुस्तकले तर्क गरेको बताए।
‘शिक्षा, स्वास्थ्य, र भौतिक पूर्वाधार विकासलाई विकासको आधार मानिएको छ। सामाजिक बहिष्करण र भेदभाव, वातावरण र जलवायु परिवर्तन, गरिबी न्यूनीकरण र रोजगारी सिर्जना जस्ता कुराहरुको उचित सम्बोधन हुनुपर्ने साथै समृद्धिका अरु कोणहरुलाई पनि उचित सम्बोधन भएमा मात्र सर्वांगीण विकास हुने पुस्तकको तर्क छ,’ उनले भने।
उनले यो पुस्तकले आउने नीति संवादहरुलाई ठुलो प्रभाव पार्ने र आउने दिनहरुका योजना तथा नीति निर्माण र कार्यान्वयनमा मार्ग निर्देशन दिने बताए।

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

‘महावतार नरसिंहा’ सुपरहिट भएपछि निर्माताले बनाउने भए बिष्णुका दशैं अवतारका…

पपगायिका पेरीसँग क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो डेटमा

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

प्रतिक्रिया