वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी नर्वेको भ्रमणका क्रममा विभिन्न कार्यक्रममा व्यस्त भएका छन् ।
उनी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले नर्वेमा चारदिने भ्रमणका क्रममा वातावरण संरक्षण, वन्यजन्तु व्यवस्थापन र शैक्षिक सहकार्यलगायत विषयमा भेटघाट र छलफल गरेको गरिरहेको छ ।
मन्त्री शाहीसँगै रहनुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा नरेश सुवेदीले मन्त्री शाही नेतृत्वको टोलीले युनिभर्सिटी अफ इन्ल्यान्ड नर्वेका प्राध्यापक मोर्टेन ओडेनको आतिथ्यतामा ओप्पडालस्थित वाइल्ड रेनडियर सेन्टर र आर्कटिक फक्स प्रजनन केन्द्रको अवलोकनसमेत गर्नुभएको बताए ।
त्यस अवसरमा नर्वेमा सफल ‘आर्कटिक फक्स पुनःस्थापना कार्यक्रम’ र ‘रेनडियर पारिस्थितिकीय पद्धति’बारे विज्ञहरूले जानकारी गराएको उनले जानकारी दिए।
कोषका अध्यक्षसमेत रहेका मन्त्री शाहीले पाँचवर्षे नोरपार्ट परियोजनाका उपलब्धिहरूको समीक्षा पनि गरेका थिए । यस परियोजनाले काठमाडौँ विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा नेपाली र नर्वेजियन विद्यार्थीलाई अध्ययन–अनुसन्धानमा जोड्दै आएको छ । हाल तीन जना नेपाली विद्यार्थी उक्त परियोजनाअन्तर्गत विद्यावारिधी अध्ययनरत छन् ।
भ्रमणका दौरान मन्त्री शाही र नर्वेका विदेश मन्त्रालय तथा जलवायु तथा वातावरण मन्त्रालयका उच्च अधिकारीहरूबीच पनि भेटवार्ता भएको थियोे । त्यस अवसरमा भविष्यका सहकार्य, क्षमता विकास र नेपालमा संरक्षण परियोजनाहरूका लागि वित्तीय सहयोग विस्तारबारे छलफल भएको थियो ।
नर्वेजियन विकास सहयोग संस्था नोराडसँग दीर्घकालीन संरक्षण पहलहरूबारे छलफल भएको कोषका सदस्य–सचिव सुवेदीले बताए । भ्रमणले नेपाल–नर्वे सम्बन्धलाई संरक्षण र अनुसन्धानका क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ । शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुरेका मन्त्री शाही आज स्वदेश फर्कने कार्यक्रम छ ।

महिला उद्यमशिलताको प्रवर्द्धन गरिनुपर्छः मुख्यमन्त्री सिंह

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमका पिता लालबीर चौधरी

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छः सभामुख घिमिरे

बोली,आचरण र व्यवहार पार्टीलाई कसरी सदृढ बनाउने भन्ने हुनुपर्छ : मन्त्री आरजु

आज पाँच संसदीय समितिका बैठक बस्दै

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

प्रतिक्रिया