कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा आज पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । घाचोकको लस्तीखोलास्थित हेमजा–माछापुच्छ्रे सडक खण्डमा बिहान खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार सो स्थानमा बिहान ९ः३० बजे पहिरो गएको थियो । दिउँसो २ः२५ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।
घटनामा स्थानीय शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माछापुच्छ्रे –३ निवासी ४६ वर्षीय सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखराका मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

ठमेलमा पटक-पटक गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ ठमेलबाटै पक्राउ

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

प्रतिक्रिया