सिरहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा

सिरहा- सिरहा प्रहरीले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरबाट लागूऔषधसम्बन्धी १०९ वटा मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयसहित मातहतका प्रहरी युनिटद्वारा सञ्चालन गरिएको अभियानमा विभिन्न प्रकारका लागुऔषधसहित नेपाली तथा भारतीय गरी १८० जनालाई पक्राउ गरिएको प्रहरीको वार्षिक तथ्याङ्कले देखाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये १६८ पुरुष र पाँच जना महिला नेपाली रहेका छन् भने छ जना पुरुष र एक महिला भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । तीमध्ये १०७ वटा मुद्दा फछ्र्योट भइसकेका छन् भने दुई वटा मुद्दा अझै बाँकी रहेका छन् । यस अवधिमा प्रहरीले जम्मा एक हजार ३९ किलो ६०४ ग्राम गाँजा र एक किलो ५३५ ग्राम खैरो हिरोइन बरामद गरेको छ ।
यस्तै, गोप्य सूचनाका आधारमा गरिएको जाँच तथा निगरानीका क्रममा डाइजेपाम, फेनार्गन, बुप्रोनर्फिन, लुपिजेसिक, नाइट्राजेपाम, स्पास प्रो, कोडिनलगायत सिन्थेटिक लागुऔषधसमेत बरामद गरी सम्बन्धितविरुद्ध मुद्दा दायर गरिएको छ । प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखी निरन्तर निगरानी तथा कारबाही अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पारवानले जानकारी दिए ।

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

ठमेलमा पटक-पटक गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ ठमेलबाटै पक्राउ

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

प्रतिक्रिया