हेलम्बुमा प्रभावकारी बन्दै मातृ तथा शिशु स्वास्थ्य सेवा कार्यक्रम

सिन्धुपाल्चोक- हेलम्बु गाउँपालिकामा मातृ तथा शिशु स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले आफ्नो नागरिकलाई स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारको प्रत्याभूत गराउन विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउँदै आएको छ ।
पालिकामा रहेका गर्भवती अवस्था, सुत्केरी महिला र शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै सुत्केरी भेट (पिएनसी भिजिट) कार्यक्रमलाई तिब्रता दिएको हेलम्बु गाउँपालिकाले जनाएको छ ।
हेलम्बु गाउँपालिकाले सुरू गरेको पोस्टनाटल केयर (पीएनसी) कार्यक्रमबाट गर्भवती तथा सुत्केरी महिलाहरूमा आत्मविश्वास बढ्दै गएको छ । स्थानीय सरकारले ल्याएको यस्ता कार्यक्रमले गाउँ बस्तीमा रहेका अति मध्यम तथा विपन्न परिवारका महिलाहरूले स्थानीय सरकारको महसुस गर्न थालेका हुन् ।
संघीय सरकारले हेलम्बु गाउँपालिकाले सुरुवात गरेको सुत्केरी भेट (पिएनसी भिजिट) कार्यक्रमलाई राष्ट्रिय तहमा विस्तार गर्ने गरि २०८२/८३ को नीति तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेको छ ।
सुत्केरी भएपछि सुत्केरी आमा र बच्चाको स्वास्थ्य अबस्थाबारे बुझ्न स्वास्थ्यकर्मी घर-घरमै पुग्ने र स्वास्थ्य सेवा प्रदान गर्ने गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
सुत्केरी महिलाहरू स्वास्थ्यका हिसाबले कमजोर हुने र हिँड्डुल गर्न नसक्ने अवस्थामा हेलम्बु गाउँपालिकाले गरेको सुत्केरी भेट कार्यक्रम लोकप्रिय बन्दै गएको छ ।
'हामीलाई स्थानीय सरकारले दिने स्वास्थ्य सेवाप्रति खुसी लागेको छ । यो अत्यन्तै राम्रो काम हो यसले सुत्केरी महिलालाई आत्मबल प्रदान गरेको छ' हेलम्बु ७ कि सुत्केरी यशोदा सिग्देलले भनिन् 'हामीलाई पालिकाले सुविधा दिएको छ ।'
केहि भयो भने फोन गर्ने बितिक्कै एम्बुलेन्सले लिन आउँछ पुर्याउन पनि आउँछ एम्बुलेन्स सेवा निशुल्क गरेको गर्भवती सरस्वती ढुंगानाले बताइन् ।
हेलम्बु-४ कि सुशीला चौलागाईं भन्छिन् 'पालिकाले सेवा सुविधा दिएको छ एम्बुलेन्स सेवा निशुल्क छ गर्भवती हुँदा स्वास्थ्यकर्मीले परामर्श दिन्छन् । सुत्केरी भएपछि हामीलाई भेट्ने आउने र आमा बच्चाको स्वास्थ्य जाँच गरेर परामर्श दिने गरेको छ । यसले गर्दा हामी महिलाहरूलाई निकै सहज भएको छ ।
अर्की सुत्केरी महिला सशिका रसाइली भन्छिन्, 'अप्रेसन गरेर बच्चा जन्माएपछि घाउ पाक्ला भन्ने डर लागेको थियो । अत्यास लाग्ने यस्तो अवस्थामा पालिकाबाट स्वास्थ्यकर्मी आएर मेरो र बच्चाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर परामर्श दिएपछि आफुलाई खुसी लागेको छ ।'
'सुत्केरी भएको ३ महिना भयो म सुत्केरी हुँदा ६ दिनको दिनमा आएर स्वास्थ्यकर्मीले बच्चा र आमाको स्वास्थ्य परिक्षण गर्नु भयो बच्चाको अवस्था र आमाको स्वास्थ्य अवस्थाबारे उहाँहरूले परामर्शसँगै उपचार पनि गर्नु हुन्छ यसले हामी महिलाहरूमा सहज भएको छ' हेलम्बु-७ की सुत्केरी अनिशा प्याकुरेलले भनिन् ।
हेलम्बु-७ महाङकाल स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी निमा डोल्मा तामाङ भन्छिन्, 'हामीलाई सुत्केरी हुने समय आएपछि उहाँहरूले फोन गर्नुहुन्छ स्वास्थ्य संस्था आउनको लागी । सुत्केरी हुने समय आएपछि कतिपय टाढाको महिलाहरूलाई हप्ता/१० दिन कतिपयलाई १ महिनासम्म राखेर सुत्केरी गराएर पठाउँछौँ ।'
गर्भवती महिला र सुत्केरी महिलाहरूको लागी स्वास्थ्य जाँच तथा अवश्यक पर्ने सेवा पालिकाले प्रदान गर्दै आएको छ । उनीहरूलाई पालिकाले पोषणयुक्त खानपिनको लागी समेत सहयोग गर्दै आएको हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले बताए ।
२०७७ सालदेखि सुरु गरिएको पिएनसी कार्यक्रम अहिले निरन्तर गरिरहेको छ । आमाको स्वास्थ्य, स्तनपान, पोषण, मानसिक अवस्था तथा शिशुको तौल, संक्रमण जोखिम आदि मूल्याङ्कन गरिनेछ । पहिले गाउँपालिकामा जम्मा २० प्रतिशत रहेको फलोअप दर अहिले यो कार्यक्रमसँगै ९० प्रतिशत भन्दा धेरै पुगेको हो । यो सेवाले पछिल्लो समय हेलम्बुका महिलाहरूमा उत्साह देखिएको छ ।

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

भोटेकोसीमा बाढी, सतर्क रहन आग्रह

बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

प्रतिक्रिया