रूसको भूकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

काठमाडौं- रूसमा गएको शक्तिशाली भूकम्पका कारण जापानमा सुनामी आएको छ ।
स्थानीय समाचार संस्थाहरूले जापानमा ५० सेन्टीमिटर अग्लो सुनामीको छाल नापिएको जनाएका छन ।
जापानले रिपोर्ट गरेको छ कि पूर्वी तटमा मियागी प्रिफेक्चरको प्रमुख सहर इशिनोमाकी बन्दरगाहमा ५० सेन्टीमिटर (१.६ फीट) सम्म अग्लो छालहरू रेकर्ड गरिएको थियो।
अन्यत्र भने पहिलो सुनामी छालहरू २० सेन्टिमिटरदेखि ४० सेमी मापन गरिएको जापानी अधिकारीहरूले बताएका छन् ।
दोस्रो र तेस्रो छालहरू अझ ठूला हुन सक्ने बताउँदै सतर्क हुन भनिएको एनएचके वर्ल्डले जनाएको छ ।
यसअघि नै चेतावनी दिएको थियो कि सुनामी छालहरू सामान्य छालहरू भन्दा शक्तिशाली छन् र ५० सेन्टीमिटर छालले २०० किलोग्रामसम्मको प्रेसर दिन सक्छ ।

पुटिनको सुरक्षामा स्तरोन्नति, ड्रोन लिएर हिँड्न थाले अंगरक्षक

अस्ट्रेलियाको बालमैत्री नीतिः युट्युब प्रयोगमा नयाँ सीमा लागू हुँदै
म्यान्माको चुनावको आलोचना गर्नेलाई जेल सजाय

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा, रुससँगको व्यापारप्रति चिन्ता व्यक्त

रूसको पुर्वी भागमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प

प्रतिक्रिया