बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक- यहाँका दुई जनाको बाटोमा चिप्लिएर आज मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
यस्तै, बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ । आज स्थानीय डेरीमा दूध पुर्याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उनको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेलम्बुमा प्रभावकारी बन्दै मातृ तथा शिशु स्वास्थ्य सेवा कार्यक्रम
हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

भोटेकोसीमा बाढी, सतर्क रहन आग्रह

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

प्रतिक्रिया