राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद् राष्ट्रियसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १:१५ बजे बस्दैछ ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावसभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिमा सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने छन् ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान १०:३० बजे बस्दैछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

प्रतिक्रिया