भोलिदेखि दिक्तेलका मेयर भट्टराई आमरण अनसन बस्ने

काठमाडौँ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले भोलिदेखि आमरण अनशन बस्ने भएका छन् । मंगलबार नगरका कार्यबाहक मेयर विसन राईले विज्ञप्ति जारी गर्दै मेयर भट्टराईले भोलिदेखि अनिश्चितकालीन आमरण अनसन बस्ने घोषणा गरेको बताएका हुन् ।
विज्ञप्तिमा उल्लेख छ, सत्याग्रहको पूर्व घोषित कार्यक्रम अन्तर्गत नगरप्रमुख ज्यूले २०८२/०४/१४ गते बिहान ९:००बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशन बस्ने घोषणा गर्नु भई सत्याग्रहको कार्यलाई चरणबद्ध रुपमा अगाडि बढाउनु भएकव व्यहोरा जानकारी गराइन्छ।’
माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका थिए । उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका थिए । उनले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका छन् ।
हेर्नुहोस् विज्ञप्ति :

नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

यस्तो छ आजको राशिफल

इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता

आर्थिक सङ्कट झेल्दै ‘हाम्रो मायाघर’

सार्वजनिकस्थल सफाइ अभियानमा जुटे स्थानीय

पशुपति क्षेत्रमा ४५ वर्षपछि ऐतिहासिक लाखे झ्यालिन्छ नाच प्रदर्शन गरिँदै

प्रतिक्रिया