थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_XWN7mHWvGT_mnskozrzai7po4qrxqdrouuaupnxhzhhb06vcmantzhuumdhwuambjaiptlm_CStaYzI7rc_2l9jvy9wn8ymuq7r4dgp60uityfpx9ybn7fabh6jcifufpkn6yopl4r5e2ei.jpg)
बैंकक- थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् ।
प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजार हो, जहाँ आक्रमणकारीले दिउँसो १२:३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हानी आत्महत्या गरेका थिए ।
घटनाको कारण व्यक्तिगत विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश राखेका थिए ।
“उक्त जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको हो,” प्रहरी अधिकारी सायाम बुनसोमले पत्रकारहरूलाई बताए । ओर तो कोर बजार बैंककको चाटुचाक बजार नजिकै पर्छ, जुन पर्यटकहरूबीच अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ ।
थाइल्याण्डमा बन्दुक नियन्त्रणका कानुनहरू कमजोर भएकाले यस्ता सामूहिक गोलीकाण्ड समय–समयमा हुँदै आएका छन् । (एएफपी)

मलेसियामा गरे थाइल्याण्ड र कम्बोडियाले युद्धविराम

बेइजिङमा बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो

"जलवायु र युद्धले गम्भीर खाद्य संकट निम्त्याउँदै, राष्ट्रसंघको चिन्ता"
विश्वव्यापी एआई मोडेल गणनामा चीन शीर्ष स्थानमा

विद्रोही आक्रमणमा कङ्गोमा मारिनेको सङ्ख्या ४० भन्दा बढी पुग्यो

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

प्रतिक्रिया