आज पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिको बैठक आज बस्दैछ ।
सार्वजनिक भएको कार्यक्रमअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखासमिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराउनुभएका सांसदहरुसँग छलफल गर्ने कार्यसूची छ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यक्रम छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।
साथै लेखासमितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको उपस्थितिमा सरकारका सबै सचिवहरुसँग छलफल गर्ने कार्यक्रम छ । विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ । सार्वजनिक नीति था प्रत्यायोजित विधायन समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल गर्ने कार्यसूची छ ।

सरकारले उद्योगी र व्यवसायीलाई प्रोत्साहित गर्नुपर्छ : सभापति देउवा

बहादुरसिंह लामाले गुमाए संसदीय दलको नेताको हैसियत

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

नाग पञ्चमीको शुभकामना दिदैँ प्रधानमन्त्री ओलीले भने- ‘प्रकृतिको संरक्षण आजको प्…

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्न बैठक बस्दै

जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गर्नुपर्छः उपराष्ट्रपति यादव

नेपालमा भैँसीको मासु प्रशोधनसम्बन्धी उद्योग स्थापना गर्न चिनियाँ कम्पनी स्वीकृतः…

प्रतिक्रिया