स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

स्कटल्याण्ड- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाँच दिने भ्रमणका लागि स्कटल्याण्डमा छन् ।
वाशिंगटनमा विवादको तापक्रम बढ्दै गएको छ, त्यसैले डोनाल्ड ट्रम्प आफ्नी आमाको देश अर्थात मामाघरमा केही दिन बिताउन आएका छन्।
उनको पाँच दिने भ्रमणलाई कार्यगत भ्रमण भनिए पनि अधिकांश ट्रम्पको समय गल्फ कोर्समा खर्च हुनेछ । एपस्टेनको फाइल रिलिज भएको विवाद पछि ट्रम्पको भ्रमण निकै चर्चामा आएको थियो ।
यस भ्रमणका क्रममा ट्रम्पले युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयनसँग व्यापार वार्ता गर्नेछन् र सोमबार बेलायती प्रधानमन्त्री केयर स्टाररसँग भेट्ने कार्यक्रम रहेको छ।
यद्यपि, उनले आफ्नो अधिकांश समय आफ्ना दुई निजी गल्फ रिसोर्टहरू– ट्रम्प टर्न बेरी र ट्रम्प इन्टरनेशनल गल्फ लिंक्स, एबरडीन शायर नजिकै बिताउने छन्, जहाँ उनकी आमाको जन्म भएको थियो। डोनाल्ड ट्रम्पकी आमा मेरी एनी म्याक्लियोड, स्कटल्याण्डको आइल अफ लुइसमा जन्मिएकी थिइन् र सन् १९३० मा अमेरिका आएकी थिइन्। ट्रम्पले आफ्नी आमाको सम्मानमा एबर्डिनशायरमा नयाँ १८ होल गल्फ कोर्स बनाएका छन्, जसको उनले यस भ्रमणका क्रममा उद्घाटन गर्नेछन्।
अमेरिकी राष्ट्रपतिको यो भ्रमणको समयलाई लिएर प्रश्न उठिरहेको छ किनभने जेफ्री एपस्टेनसँग सम्बन्धित मामिलामा ट्रम्पको सरकार अहिले निकै आलोचनाको सामना गरिरहेको छ । एपस्टेनको नाम सेक्स स्क्यान्डलमा आएको थियो र उनी यसमा दोषी देखिएका थिए। रोचक कुरा के छ भने उनलाई ट्रम्पको पुरानो साथी मानिन्छ। मिडिया र आम जनताले यस विषयमा ट्रम्पलाई लगातार प्रश्न गरिरहेका छन्।
यसैबीचमा ट्रम्प स्कटल्याण्ड प्रस्थान गरेका हुन् । यो भ्रमणलाई उनले औपचारिक भ्रमण बनाए पनि अधिकांश समय एकान्तमा बिताउने भएकाले उनी विवादबाट टाढिने अनुमान गरिएको छ । ट्रम्पले स्कटल्याण्डलाई आफ्नो मातृभूमि भन्दै आफ्नो माया व्यक्त गरे पनि स्थानीय जनताको प्रतिक्रिया त्यति उत्साहजनक देखिएन ।
ट्रम्पका विगतका आयोजनालाई लिएर स्थानीय जनतामा असन्तुष्टि छ । यो कुरालाई लिएर जनताहरु उनीप्रति आक्रोशित छन् । शनिबार एबरडीन र एडिनबर्गमा धेरै प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका थिए । मानिसहरूले रंगीन पोस्टर र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए।

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

प्रतिक्रिया