आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले वर्तमान सरकारले सोचेजस्तो काम गर्न नसके पनि ८४ सम्म निरन्तर जाने बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकारसँगको छलफलमा नेता सिटौलाले वर्तमान सरकारको विकल्प नरहेकाले सोचेजस्तो काम गर्न नसके पनि ८४ सम्म निरन्तर जाने बताएका हुन् । उनले सरकार गठनका समयमा भएको सहमतिका आधारमा सरकारले आफ्नो कार्यकाल पुरा गर्ने धारणा राखे ।

सिटौलाले संविधान संशोधनका लागि सरकारले कार्यदल बनाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उनले कांग्रेसका महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा सम्पन्न गर्नुपर्ने जिकिर गरे । कांग्रेसको महाधिवेशन ४ बर्षमा कहिल्यै नभएको उल्लेख गर्दै सिटौलाले थप हुने एक बर्षभित्र महाधिवेशन गर्नै पर्ने बताए ।

उनले बागमती प्रदेशको सरकार फेरवदलको कुरा कांग्रेस बागमती प्रदेश संसदीय दलको बिषय भएको बताउनुभयो । बागमती प्रदेशमा कांग्रेस सांसदहरु मिल्ने उत्तम भए पनि मिल्न नसके प्रक्रियाबाट अघि बढ्ने उनको भनाइ छ । सिटौलाले बागमती प्रदेशमा अविश्वासको प्रस्तावले कांग्रेसलाई नै क्षति गर्ने समेत उल्लेख गरे ।