चितवनमा लोड्सेडिङ सुरु भएको भन्नेमा सत्यता छैनः शाक्य

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताए ।
चितवनमा रहेको सवस्टेशन अपगे्रड गर्नका लागि पुरानो कन्डक्टर फेर्ने काम भएकाले आइतबार र सोमबार विद्युत आपूर्ति बन्द गर्न लागिएको उनले जानकारी दिए । शाक्यले पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको बताउनुभयो । उहाले विधुत क्षमताबृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ति जाने समस्या देखिएको उल्लेख गरे ।
त्यस्तै शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि थप गरिएको जानकारी दिए । समितिले निर्णय गरेपछि बक्यौता उठाइने भन्दै शाक्यले बक्यौता उठ्न नसके लाइन काटिने स्पष्ट पारे ।

किङ फुड्सद्वारा “मिठास टुकुचे १४०१” उच्च गुणस्तरीय बासमती चामल सार्वजनिक

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्राफिक र नेपाल प्रहरीलाई निर्देशन दिन महानिरीक्षक…

मायाज एस्थेटिक सेन्टर एण्ड एकेडेमी शंखमूलमा उद्घाटन

करदाता शिक्षाले गर्दा गत आवमा काभ्रेमा ९ प्रतिशत कर सङ्कलनमा वृद्धि

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

प्रतिक्रिया