एसिया प्यासिफिक युवा वैज्ञानिक सम्मेलन २०२५ मा नेपाललाई ६ पुरस्कार

काठमाडौँ- ताइवानको चुङ युआन क्रिस्चियन विश्वविद्यालयमा सम्पन्न युवा वैज्ञानिकहरूको एसिया प्यासिफिक सम्मेलन २०२५ मा नेपालका उच्च माध्यमिक तहका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। ११ राष्ट्रका प्रतिस्पर्धीबीच सम्पन्न यस सम्मेलनमा टोली नेपालले ६ वटा पुरस्कार जित्न सफल भएको हो।
जीवन विज्ञान विधामा अर्बना स्कूल अफ साइन्स, पुतलीसडकका दीपा बम र श्रीजन ढकालले स्वर्ण पदकसहित उत्कृष्ट पोस्टर पुरस्कार प्राप्त गरे। त्यस्तै, वातावरण विज्ञान विधामा सेन्ट लरेन्स कलेज, चाबहिलका निलिमा सुवेदी र गणेश जोतीले रजत पदक र उत्कृष्ट पोस्टर पुरस्कार जिते।
उही कलेजका कुशल दंगलले जीवन विज्ञान विधामै कांस्य पदक प्राप्त गरे भने बाल वातावरण विद्यालय, झापाका पल्पाशा श्रेष्ठ र पल लिम्बूले वातावरण विज्ञान विधामा विशेष पोस्टर पुरस्कार प्राप्त गरे।
यी सहभागीहरू युनिग्लोब माध्यमिक विद्यालय, कमलादीको सहकार्यमा नेपाल पोलिमर इन्स्टिच्युटद्वारा आयोजित नवौं युवा वैज्ञानिक सम्मेलनमार्फत राष्ट्रिय स्तरको प्रतिस्पर्धाबाट छनोट भएका थिए। सम्मेलनले नेपाली विद्यार्थीहरूको वैज्ञानिक अनुसन्धानमा बढ्दो रुचि र अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको प्रतिभा उजागर गरेको आयोजक संस्थाहरूले जनाएका छन्।

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

बाढीले फोक्सिङटारको मोटरेबल पुल बगाएपछि सामान ढुवानी गर्न घिर्नी

आजको मौसम : चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा, मधेशमा हावाहुरी

कञ्चनपुरका चार पालिकामा आइतबार सार्वजनिक बिदा

मधेस प्रदेशमा तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने : प्रधानमन्त्री ओली

मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउँ…

प्रतिक्रिया