आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

गुल्मीमा आगलागीबाट युवतीको निधन

तम्घास (गुल्मी)- धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी विककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज बिहान मृत्यु भएको छ । धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले  घरमा आगो लगाएको थिइन् । 
    
स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।  आगलागीबाट रु तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।