लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_equ52a4CR1_vvbjcaifjchv3po1zhrdbjldyibfymq7a7u4zpd4kotprljwkfm1xomfuixn.jpg)
काठमाडौँ- झापामा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ ।
शनिबार दिउँसो झापाको भद्रपुर नगरपालिका–५ स्थित भित्री सडक खण्डमा शङ्कास्पद अवस्थामा हिँडिरहेका मोहम्मदर इस्लामलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्न प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापा र लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौंको टोलीले दुई राउन्ड गोली प्रहार गरेको थियो । एक राउन्ड गोली मोहम्मदको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ । उनको नजिकै रहेको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरिएको लागु औषध ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

प्रतिक्रिया