शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानमन्त्री सिंह

काठमाडौँ- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालका लागि मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक भएको बताएका छन् । विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायद्वारा शनिबार आयोजित धार्मिक अभिनन्दन कार्यक्रममा प्रमुख अतिथि सिंहले यस्तो बताएका हुन् ।

उनले लुम्बिनीको संरक्षण र संवर्द्धनका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने पनि बताए ।

`लुम्बिनी केवल भौगोलिक स्थल मात्र नभएर विश्व शान्तिका लागि एक महत्त्वपूर्ण धार्मिक केन्द्र हो । सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक हो,´ उनले भने,`बुद्धिजमलाई अघि बढाउन र लुम्बिनीको संरक्षण गर्न हामी सबैको साझा प्रयास आवश्यक छ ।’

कार्यक्रममा थाइल्याण्डका सुपोत महास्थवीरलाई नेपाली बौद्ध समुदाय तथा विश्व शान्ति विहारले धार्मिक अभिनन्दन गरेको थियो ।