अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

स्याक्रामेन्टो, संयुक्त राज्य अमेरिका- पछिल्लो एक वर्षमा ४० प्रतिशतभन्दा बढी श्रमिकको वास्तविक आम्दानी घटेको एक श्रम बजारसम्बन्धी प्रतिवेदनले देखाएको छ । यो प्रतिवेदन बिहीबार रोजगारी खोज्ने वेबसाइटले सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार, संयुक्त राज्यमा असार महिनामा श्रमिकलाई दिइने तलब वार्षिक रूपमा २.९ प्रतिशतले बढेको थियो, भने सोही अवधिमा उपभोक्ता मूल्य सूचकाङ्क २.७ प्रतिशतले वृद्धि भएको थियो ।
यो सानो अन्तरका कारण करिब ४३ प्रतिशत श्रमिकको तलब मूल्यवृद्धिसँग मेल खाएन, जसले उनीहरूको वास्तविक खरिदशक्ति घटाएको छ ।
प्रतिवेदनमा विश्वव्यापी महामारीपछिको अवस्थाबाट केही सुधार भए तापनि, धेरै मानिसहरू अझै पनि आवास, खाना र यातायातजस्ता आवश्यक वस्तुहरूको उच्च मूल्यका कारण समस्या झेलिरहेका भनिएको छ ।
उक्त प्रतिवेदन अनुसार, तलबमा देखिएको वृद्धिको फाइदा मुख्यतया उच्च आय भएका पेसामा सीमित छ । विद्युत् इञ्जिनियरिङ, कानुनी सेवा र बजार व्यवस्थापन क्षेत्रहरूमा वार्षिक ६ प्रतिशतभन्दा बढी तलब वृद्धि भएको छ ।
तर, खाना पकाउने, बालबालिका हेरचाह गर्ने तथा व्यक्तिगत सेवा दिनेजस्ता परम्परागत रूपमा कम तलब हुने कामहरूमा तलब वृद्धि घटेको देखिन्छ ।
यो तलब वृद्धिमा देखिएको असमानताले कम आय भएका श्रमिकमा असन्तुष्टि बढाएको छ, जसले उनीहरूलाई दैनिक खर्च धान्न थप गाह्रो बनाएको छ ।
प्रतिवेदनमा यस्ता असमानताले संयुक्त राज्यको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिने घरायसी खर्चमा असर पार्न सक्ने चेतावनी दिइएको छ । यद्यपि वस्तुको मूल्य वृद्धिमा केही कमी आएको भए पनि, तलब वृद्धिको गति सुस्त हुँदा धेरै श्रमिक अझै पनि आर्थिक कठिनाइमा छन् ।
“श्रम बजार बलियो देखिन्छ, तर यसको फाइदा सबै वर्गमा समान रूपमा पुगेको छैन,” प्रतिवेदनमा उल्लेख गरिएको छ । (सिन्ह्वा)

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया