सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

बढी भाडा लिने १७ जनासहित पन्ध्र सय सवारी चालक कारबाहीमा

फाइल फोटो

काठमाडौँ - ट्राफिक प्रहरी कार्यालयले पन्ध्र सय सवारीलाई कारबाही गरेको छ । सोमबार साँझ ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ५१  सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

कारबाही परेकामध्ये सबैभन्दा धेरै फुटपाथमा पार्किङ गर्ने १६५ जना छन् । यस्तै जथाभावी यात्रु चढाउने र ओराल्ने ६५ जना, रात्तो बत्ती उल्लंघन गर्ने ५२ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

यस्तै तोकिएको भन्दा बढी भाडा लिने १७ जनालाई पनि कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।