न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

काठमाडौं- सन् २०१२ मा स्थापना भएको शैक्षिक संस्था एम्बार्क अनम्याथले गणितलाई केवल पाठ्यपुस्तकको सीमितताबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ । यही प्रयास अन्तर्गत, हालै प्रिमियर इन्टरनेशनल स्कूलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
एक हप्तासम्म चलेको यस विशेष सप्ताहले विद्यार्थीहरूलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित ग¥यो । कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेशनल स्कूलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए । विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए ।
कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भन्नुभयोः “एम्बार्क अनम्याथमा हामी गणितलाई केवल सूत्र र अभ्यासमा सीमित नराखी, वास्तविक जीवनका अनुभव र चिन्तनमा आधारित बनाउन निरन्तर खटिरहेका छौँ । प्रिमियर इन्टरनेशनल स्कूलमा सम्पन्न न्युमेरेसी विक केवल उत्सव मात्र थिएन, यो गणितलाई हेर्ने, महसुस गर्ने र अनुभव गर्ने सोचमा आएको परिवर्तनको प्रतीक थियो ।
विद्यार्थीहरूले कथा वाचन, डिजाइन र संवादजस्ता गतिविधिबाट गणितलाई केवल सिकाइको माध्यम होइन, सिर्जनशीलताको उपकरणको रूपमा पुनः पहिचान गर्न सके भने न्युमेरेसी विकमा समावेश गरिएका गतिविधिहरूले विद्यार्थीहरूमा गणितप्रतिको अभिरुचि र आत्मविश्वास अझ सशक्त भएको छ ।
न्युमेरेसी विक मा विभिन्न गतिविधिहहरू समावेश गरिएका थिए, जस्तै: गणित कथा वाचन- जहाँ विद्यार्थीहरूले अंक र अवधारणालाई कथामा परिणत गरेका थिए । त्यस्तै बोर्ड गेम डिजाइन, खेल र रणनीतिमार्फत गणितीय सोचको अभ्यास तथा गणित रिले दौड- गतिशीलता र द्रुत सोचको संयोजन लगायत तत्काल गणित बोल सत्र-जसले विद्यार्थीहरूलाई गणितीय विचारहरूको बारेमा सहज र आत्मविश्वासका साथ बोल्न चुनौती दिएको थियो ।
एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवन उपयोगी बनाउँदै शैक्षिक क्षेत्रमै नयाँ धारणा स्थापना गर्दै आएको छ । कठोर लाग्ने अवधारणाहरूलाई सरल र सजीव तरिकाले प्रस्तुत गर्दै, संस्थाले विद्यार्थीहरूको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ ।
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

प्रतिक्रिया