साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

सिरहा- मिर्चैया नगरपालिका–५ स्थित ‘हिल पार्क’ नजिक बिहीबार साइकल दुर्घटनामा परी १३ वर्षीय अभिषेक मण्डलको मृत्यु भएको छभने १२ वर्षीय विकास ठाकुर घाइते भएका छन् । विद्यालयबाट फर्किएपछि घुम्न गएका बालकहरू अनियन्त्रित साइकल दुर्घटनामा परेका हुन् । ओरालो बाटोमा साइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
गम्भीर चोट लागेका मण्डलको उपचारमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने ठाकुरको मिर्चैया अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार पार्क जाने बाटो अप्ठ्यारो भएकाले दुर्घटनाको जोखिम बढेको छ ।

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

सुर्खेतमा करेन्ट लाग्दा एक दम्पतीको मृत्यु

फितलो विपद् पूर्वतयारीले निम्त्याउनसक्ने संकट

मध्यबानेश्वरको सडकमा खानेपानीको पाइप फुटेर बगिरहेको छ पानी (फोटो/भिडियो)

गुँलापर्व आजदेखि सुरु

नेपालीले भारतमा तीन महिना समयावधिको सीम कार्ड पाउने

प्रतिक्रिया