शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

महोत्तरी- प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक प्रतिकूलतालाई चिर्दै समृद्धि अभियानमा अघि बढेको वर्तमान सरकार जनताका साथमा रहेको बताएका छन् । आज महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्मित अत्याधुनिक सेवा सुविधासहितको प्रसूतिगृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आमजनताको सक्रिय सहभागितामा समृद्धिको यात्रा सफल हुने भएकाले त्यसमा सरिक हुन सबैसँग अनुरोध गरे ।  

नवनिर्मित प्रसूतिगृहले यस भेगका महिलालाई दिने सेवाले सुत्केरी अवस्थाको जोखिम न्यूनीकरणमा योगदान दिने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । उनले प्रसुतीगृहको उद्घाटन भएसँगै यस भेगका गर्भवतीलाई राहत मिल्ने र उपचारका अभावमा यसअघि व्यप्त मातृशिशु समस्या समाधान हुने धारणा व्यक्त गरे।    

नवनिर्मित प्रसूतिगृहमा सुत्केरी कक्ष, शल्यक्रिया कक्ष, एनआइसी कक्ष, ओपिडी कक्ष, नर्सिङ कक्ष, फार्मेसी, प्रतिक्षालय र सोधपुछ कक्षसहितका कोठा छन् । बिजुली, खानेपानी र शौचालय सुविधासहितको सो प्रसूति गृह सङ्घीय सरकार र मटिहानी नगरपालिकाको संयुक्त लगानीमा रु एक करोड ८८ लाखको लागतमा निर्माण सम्पन्न भएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

प्रसूतिगृह उद्घाटन समारोहमा लोसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंह तथा मधेश प्रदेश सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।-रासस

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजीनामा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

हामी निराशालाई आशामा बदल्न कटिबद्ध छौः राष्ट्रपति पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

गुणस्तरीय शिक्षाका लागि लुम्बिनी शैक्षिक गन्तव्य हुनुपर्छः अर्थमन्त्री पौडेल

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी राख्दैन्ः प्रधानमन्त्री ओली

मधेसमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कुसर बाँकी र…

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्त्री ओली

सिद्वान्त छाडेर दुनो सोझाउने र बिरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: प्रधानमन्…

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल