शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

 पूर्वराष्ट्रपति बिध्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्द पुर्ण संबाद भएको बताएकी छिन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले नेतृत्व भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको जनाउँदै कुनै महत्वकांक्षा नभएको पनि उनले प्रस्ट पारेकी छिन् ।

‘च्यासलमा प्रधानमन्त्री तथा अध्यक्षज्यूसँग मेरो सौहार्दपुर्ण संबाद भएको थियो तर केन्द्रीय समितिले अर्को निर्णय गरेको सुनेर म दुःखी छु,’ भण्डारीले भनिन, ‘पार्टी सदस्यता नवीकरण यो मेरो संबैधानिक र ब्यक्तिगत अधिकार हो, पार्टी सदस्यबाट मलाइ बञ्चित गराउनु पर्ने कुनै कारण छैन् ।’