काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड रुपैयाँ बराबारको सामान आयात

झापा- पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ४७ अर्ब ६० करोड ६ लाख ९३ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा २ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ बढीको सामान आयात गरिएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उनले पेट्रोलियम पदार्थ १९ अर्ब ९४ करोड रुपैयाँको आयात हुँदा ४ अर्ब ४५ करोड रुपैयाँ बढीका जुट तथा जुटका सामग्री आयात भएको जानकारी दिए।
गत आवमा आयात र निर्यातमा सामान्य वृिद्ध भएको भन्सार अधिकृत हुमागाईंले बताए। उनका अनुसार आयातमा ६.५८ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड रुपैयाँले वृद्धि हुँदा निर्यात भने २.९६ प्रतिशत अर्थात् ७२ करोड २७ लाख रुपैयाँले बढेको छ ।
गत वर्ष यो नाका हुँदै २५ अर्ब १३ करोड ९७ लाख रुपैयाँ मूल्य बढीका वस्तु तथा सामान निर्यात गरिएको भन्सार अधिकृत हुमागाईंले जानकारी दिए। आव २०८०/८१ मा २४ अर्ब ४१ करोड ७० लाख रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात गरिएको थियो । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् ।

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

वीरगञ्ज नाकाबाट २ हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

प्रतिक्रिया