हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

जेरुसेलम- इजरायलले गाजामा करिब दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाब बढेपछि गाजामा हमाससँगको युद्धविरामका लागि खटाइएका वार्ताकारलाई फिर्ता बोलाएको जनाएको छ ।
इजरायल र हमासका प्रतिनिधिमण्डलबीच कतारमा दुई हप्ताभन्दा बढी समयदेखि मध्यस्थकर्ताबीच वार्ता भइरहेको छ, तर अप्रत्यक्ष वार्ताले अहिलेसम्म कुनै सार्थकता पाउन सकेको छैन ।
गाजा पट्टीमा २० लाखभन्दा बढी प्यालेस्टिनीहरूको दुर्दशालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढ्दै गएको छ, जहाँ लडाईंले गम्भीर मानवीय सङ्कट निम्त्याएको छ र ‘ठूलो सङ्ख्यामा भोकमरी’ फैलिरहेको चेतावनी दिएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमासले युद्धविरामको पछिल्लो प्रस्तावमा मध्यस्थकर्तालाई जवाफ बुझाएपछि इजरायली वार्ताकारलाई परामर्शका लागि फिर्ता ल्याउन लागिएको जनाएको छ ।
नेतन्याहूको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी मध्यस्थकर्ता कतार र इजिप्टको प्रयास र अमेरिकी विशेष दूत स्टिभ विटकोफको प्रयासको सराहना गर्दछौँ।”
वार्तामा संलग्न एक प्यालेस्टिनी स्रोतले एएफपीलाई बताएअनुसार हमासको प्रतिक्रियामा सहायता प्रवेशसम्बन्धी धारामा प्रस्तावित संशोधन, इजरायली सेना फिर्ता हुनुपर्ने क्षेत्रहरूको नक्सा र युद्धको स्थायी अन्त्य सुनिश्चित गर्ने ग्यारेन्टी समावेश छ।
ह्वाइट हाउसले बुधबार अमेरिकी राजदूत विटकोफले युद्धविराम प्रस्तावबारे छलफल गर्न यस क्षेत्रका ‘प्रमुख नेताहरू’सँग भेटघाट गरिरहेको जनाएको छ ।
विटकोफ बिहीबार इटालियन टापु सार्डिनियामा रहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । (एएफपी)

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया