जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

किभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार विरोधी निकायको स्वतन्त्रताको प्रत्याभूति दिने विधेयकको मस्यौदालाई आफूले अनुमोदन गरेको बताएका छन् ।
यी परिवर्तनहरूले फेब्रुअरी २०२२ मा रूसी आक्रमणपछि युक्रेनको प्रमुख सहयोगी युरोपेली सङ्घमा पनि चिन्ता प्रकट गरिएको छ । युरोपेली एकीकरणका लागि सुधारहरू आवश्यक रहेको इयूले बताउँदै आएको छ ।
जेलेन्स्कीले भ्रष्टाचारविरोधी निकायसम्बन्धी नयाँ विधेयक बुधबार संसद्मा पेश गर्ने प्रतिबद्धता जनाएका थिए ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “मैले भर्खरै युक्रेनमा कानूनको शासनको वास्तविक सुदृढीकरण, भ्रष्टाचारविरोधी निकायहरूको स्वतन्त्रता र कुनै पनि रूसी प्रभाव वा हस्तक्षेपबाट कानूनको शासनको भरपर्दो सुरक्षाको ग्यारेन्टी गर्ने कानूनको मस्यौदाको पाठलाई अनुमोदन गरेको छु।”
उनले नयाँ विधेयक बिहीबार संसद्मा पेश गरिने जानकारी दिए ।
“यो महत्वपूर्ण छ र हामी सबै युक्रेनीहरूको स्थितिको सम्मान गर्दछौं र युक्रेनको साथमा उभिने सबैप्रति आभारी छौं,” उनले भने ।
भ्रष्टाचार विरोधी प्रमुख निकायहरूको स्वतन्त्रता हटाउने परिवर्तनहरूको विरोधमा यस हप्ता युक्रेनभरि हजारौँले सडकमा प्रदर्शन गरेका थिए ।
तीन वर्षअघि युद्ध सुरु भएयता यो देशको पहिलो ठूलो प्रदर्शन हो ।
संसद्ले द्रुत गतिमा अनुमोदन गरेको र सोही दिन जेलेन्स्कीले हस्ताक्षर गरेको उक्त कानुनले युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्यूरो (एनएबियू) र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालय (एसएपिओ) लाई अभियोजक जनरलको प्रत्यक्ष अधिकारअन्तर्गत राख्छ । यो पदको नियुक्ति राष्ट्रपतिले गर्ने प्रावधान राखिएको छ । (एएफपी)

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया