शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

मस्को- रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ ।

सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जङ्गलमा खसेको र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको देखिएको भिडियोहरू रूसी सञ्चारमाध्यमले सम्प्रेषण गरेका छन् । 

सरकारी सञ्चारमाध्यम र अनुसन्धानकर्ताले सार्वजनिक गरेको भिडियोमा घटनास्थलमा जीवित व्यक्तिको कुनै सङ्केत नपाइएको देखाइएको छ । 

अङ्गारा एयरलाइन्सको विमान ब्लागोभेश्चेन्स्क शहरबाट टिन्डा शहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ बजे राडारसँग सम्पर्कबिच्छेद भएको थियो । 

एक उद्धार हेलिकप्टरले टिन्डा विमानस्थलबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको जङ्गली पहाडको ढलानमा विमानको जलिरहेको भग्नावशेष फेला परेको थियो ।

रुसी अन्वेषकहरूले सार्वजनिक गरेको भिडियोमा दुर्घटनास्थलबाट धुवाँ उठिरहेको र जङ्गलको भुइँमा छरिएको विमानका टुक्राहरू देखिएको छ।

सरकारी समाचार संस्था तासका अनुसार दुर्घटना भएको केही घण्टापछि मात्र खोजी तथा उद्धार टोली घटनास्थल पुगेको थियो र त्यहाँ कोही पनि जीवित रहेको कुनै प्रमाण फेला परेको थिएन ।

 अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारण भने खुलाएका छैनन् ।

अङ्गारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सेर्गेई सलामनोभले रुसको आरईएन टिभी च्यानललाई बताएअनुसार घटनाको समयमा मौसम खराब थियो तर विमानचालक (क्याप्टेन)ले उडान गर्ने निर्णय गरेका थिए ।

करिब ३०,००० मानिसको बसोबास रहेको टिन्डा चिनियाँ सीमाबाट करिब २०० किलोमिटर (१२५ माइल) टाढा घना ताइगा जङ्गलमा अवस्थित छ।

उक्त विमानमा कम्तीमा एक जना चिनियाँ नागरिक रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । (एएफपी)

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

एप्पलका संस्थापक स्टिभ जब्सकी छोरीको बिबाह हुँदै, ६७ लाख डलर खर्च हुने

एप्पलका संस्थापक स्टिभ जब्सकी छोरीको बिबाह हुँदै, ६७ लाख डलर खर्च हुने