शनिबार १० साउन, २०८२
Saturday, July 26, 2025

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

जेरुसेलम- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई रकेट लञ्चरले आक्रमण गरी हत्या गर्ने षडयन्त्र रचेको अभियोगमा ७३ वर्षीया एक महिलालाई पक्राउ गरिएको छ ।

आरोप पत्रअनुसार सरकारविरोधी अभियानमा सक्रिय तेल अभिभकी नाम नखुलाइएकी ती महिलाले आफुलाई प्राप्त जानकारीको आधारमा नेतन्याहूको हत्या गर्ने निर्णय गरेकी थिइन् ।  

उनले इजरायल (राज्य) लाई वर्तमान सरकारबाट ‘बचाउन’ आफ्नो जीवन ‘बलिदान’ गर्ने निर्णय गरेको उनको भनाइ उद्धृत गर्दै अभियोजकले बताएका छन्।

उनले आफ्नो योजना अर्का एक अभियन्तासँग साझा गरेकी थिइन् र उनलाई हत्या गर्न रकेटमा मार हान्ने ग्रेनेड खरीद गर्न मद्दत गर्न आग्रह गरेकी थिइन् ।

उनले प्रधानमन्त्रीको कार्यसूची, गतिविधि र सुरक्षा व्यवस्थाका बारेमा जानकारी सङ्कलन गर्न सहयोग गर्न पनि ती अभियन्तासँग आग्रह गरेको सरकारी वकिलले बताएका छन् ।

ती पुरुषले सहयोग गर्न उनलाई सहयोग गर्न इन्कार गरेको रोक्न खोजेको तर उनको प्रयास व्यर्थ हुने निष्कर्षपछि उनले यसबारे अधिकारीहरूलाई खबर गरेका थिए । यसैका आधारमा ती महिलालाई पक्राउ गरिएको छ । 

अभियोजकले ती महिलालाई कानुनी प्रक्रियाको अन्त्यसम्म नजरबन्दमा राख्न अनुरोध गरेका छन् र उनी अझै पनि खतरामा रहेको तर्क गरेका छन् । उनको बयानबाट प्रमाणित हुन्छ कि उनी ‘शाहदत’ प्राप्त गर्न तयार थिइन्।

नेतन्याहूलाई ज्यान मार्ने धम्की दिएको आरोपमा गत वर्ष एक इजरायली नागरिक पक्राउ परेका थिए ।
 
इजरायलमा उच्च स्तरीय राजनीतिक हत्याहरू सुनिएको छैन । सन् १९९५ मा प्यालेस्टाइनसँगको ओस्लो शान्ति प्रक्रियालाई समर्थन गरेको भन्दै प्रधानमन्त्री यित्झाक राबिनलाई अति दक्षिणपन्थी लडाकूले हत्या गरेका थिए । (एएफपी)

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

एप्पलका संस्थापक स्टिभ जब्सकी छोरीको बिबाह हुँदै, ६७ लाख डलर खर्च हुने

एप्पलका संस्थापक स्टिभ जब्सकी छोरीको बिबाह हुँदै, ६७ लाख डलर खर्च हुने