शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

क्रेडिट सुइसको जरिवाना घटाइयो

लक्जेमबर्ग- युरोपियन युनियनको एक अदालतले बुधबार ब्रसेल्सले क्रेडिट सुइसलाई विदेशी मुद्रा व्यापार कार्टेलमा संलग्न भएको आरोपमा लगाएको ८ करोड ३२ लाख युरो (९ करोड ८० लाख अमेरिकी डलर) जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरो कायम गरिएको छ । 

लक्जेम्बर्गस्थित जनरल कोर्टले युरोपेली आयोगको उक्त निष्कर्षलाई सदर गरेको छ । बैङ्कले सुइस प्रतिस्पर्धाविरोधी अभ्यासमा संलग्न रहेको तर सम्बन्धित जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरोमा झारेको छ ।

अदालतले भनेको छ, “आयोगले ‘क्रेडिट सुइसको बिक्रीको मूल्यको लागि प्रोक्सी निर्धारण गर्न’ प्रयोग गरेको तथ्याङ्क स्विस ऋणदाताले प्रदान गरेको भन्दा कम विश्वसनीय थियो ।

“‘युरोपियन एन्टिट्रस्ट रेगुलेटर कमिसन’ले आफूले लगाएको जरिवाना आधारभूत रकममा गलत गणनाका कारण बढी देखिएकोले बढी नै जरिवाना लगाइएको तर गल्तीलाई सुधार गरिएको छ,” अदालतले भनेको छ । 

उक्त फैसलाविरुद्ध इयूको कोर्ट अफ जस्टिसमा अपिल गर्न सकिन्छ ।

क्रेडिट सुइस बैङ्कहरूको समूहमध्ये एक थियो जसलाई आयोगले लामो अनुसन्धानपछि सन् २०२१ मा कुल ३४ करोड ४० लाख यूरो जरिवाना लगाएको थियो ।

बैङ्कहरूको तर्फबाट काम गर्ने प्रमुख मुद्राहरूमा स्पट विदेशी विनिमय लेनदेनको प्रभारी व्यापारीहरूले कहिलेकाहीं ‘स्टर्लिंग लाड्स’ नामक अनलाइन सन्देशमार्फत उनीहरूको व्यापार रणनीतिबारे समन्वय गरेका अनुसन्धानबाट जानकारी मिलेको छ ।

कथित कार्टेलमा बार्कलेज, आरबीएस र एचएसबीसीका साथै यूबीएस पनि सामेल थिए तर उनीहरू जरिवानाबाट जोगिए । उनीहरू स्वेच्छाले अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गर्न तयार भएका थिए ।

सन् २०२३ मा धराशायी भएपछि आफ्नो पूर्व प्रतिद्वन्द्वीलाई अधिग्रहण गरेको क्रेडिट सुइसविरुद्ध यूबीएसले कमिसनको निर्णयविरुद्ध अपिल गरेको थियो । (एएफपी)

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ विधेयक प्रस्ताव

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता