शुक्रबार ०९ साउन, २०८२
Friday, July 25, 2025

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवाल, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ८:३० बजेबाट सुरू हुनेछ ।

उता, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ । जुन बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन छलफल र पारित गर्ने सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११:३० बजे बोलाइएको छ ।