बेलायतमा फाइजर र बायोएनटेकले बनाएको कोरोना खोप प्रयोग गर्न अनुमति

काठमाडौं : बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोभिड–१९ (कोरोना भाइरस) खोपलाई प्रयोगमा ल्याउन अनुमति दिएको छ । बेलयातको निमायक संस्था मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलटरी एथोरिटी (एमएचआरए) ले फाइजर र बायोएनटेकले संयुक्तरुपमा बनाएको खोप प्रयोगका लागि सुरक्षित भएको जनाएको छ ।
फाइजर र कायोएनटेकले बनाएको खोप ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको बताइएको छ । यो खोपलाई केही दिनभित्रै प्रयोगमा ल्याउने बीबीसीले आफ्नो रिर्पोटमा उल्लेख गरेको छ ।
बेलायतले दुई करोड नागरिकका लागि चार करोड डोज खोप खरिद गर्ने पनि जनाएको छ । त्यसमध्ये ८ लाख डोज बेलायती नागरिकका लागि केही दिनमै उपलब्ध हुने बताइएको छ ।
बेलायती नागरिकहरुलाई खोप लगाउनका लागि ५० अस्पताललाई तयारी अवस्थाका राखएको छ भने सम्मलेन केन्द« लगायतका अन्य स्थानहरुलाई पनि खोप केन्द«मा विकसित गरिदैछ ।
यो खोप विकास गरी प्रयोगमा आउन करिब १० महिना मात्र लागेको बताइएको छ । जबकी सामान्यतय एउटा खोप विकासको चरण पार गरी प्रयोगमा आउनेगरी तयार हुन १० वर्षसम्म लाग्ने गरेको थियो । बीबीसीबाट

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया