‘आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा’

महोत्तरी- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–१ मा नवनिर्मित ‘जलेश्वर बहुउद्देश्यीय भवन’ को समुद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री सिंहले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको र हाल नेपाली कांग्रेस पार्टी भित्रै द्वन्द्व बढेको कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको प्रष्ट्याए ।
उनले पार्टीभित्रै एक अर्काभित्र आरोप प्रत्यारोप र हिलो छ्याप्ने कामले संगठन कमजोर हुँदै गएको र यसको प्रत्यक्ष असर संघीय लोकतान्त्रिक व्यवस्थामा पर्ने औंल्याउँदै यस्तो परिस्थितिमा आजको आवश्यकता पार्टीलाई बलियो बनाउनु रहेको बताए । उपप्रधानमन्त्री सिंहले अहिले पार्टीका सबै नेता कार्यकर्ताले संगठन सुदृढीकरण तथा सहकार्य र समन्वयमा पार्टीलाई बलियो बनाउँदै लैजानुको विकल्प नरहेको बताए ।
नेता सिंहले मधेसमा अहिले खानेपानी र सिँचाइको हाहाकार रहेकाले यसको लागि संघीय सरकारले ठोस कदम चाल्ने निर्णय गरिसकेको र कुनै न कुनै वैकल्पिक उपाय निकालिने बताए । अन्त्यमा मन्त्री सिंहले संघीय सहरी विकास मन्त्रालयको सहयोगमा जलेश्वरमा नवनिर्मित ‘जलेश्वर बहुउद्देश्यीय भवन’ ले जलेश्वर नगरपालिका क्षेत्रभित्रका जनताका लागि बहुउपयोगी सावित होस् भन्ने आशा व्यक्त गरे ।

कुलिङ पिरियड तोडमोड गर्नेलाई छुट दिनुहुन्न : अर्जुननरसिंह केसी

विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रियः महासचिव पोखरेल

कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हु…

गणतन्त्रको सबैभन्दा बढी चिन्ता तथा सरोकार आफूहरुलाई छः अध्यक्ष प्रचण्ड

किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन, बल्ल अ…

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

प्रतिक्रिया