अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

काठमाडौं- नेपाल प्रहरीले विभिन्न अपराधमा पक्राउ परेका आरोपितको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले सोमबार मातहतका सम्पूर्ण इकाईहरूलाई परिपत्र जारी गर्दै उक्त व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूको न्यायिक प्रक्रिया समाप्त नहुञ्जेल तस्बिर तथा भिडियो सार्वजनिक नगर्नु उचित हुने भन्दै पत्राचार गरिएको छ । अबदेखि गम्भीर अपराधमा संलग्न रहेको आशंकामा पक्राउ परेका आरोपितको नाम र ठेगाना मात्र सार्वजनिक गरिनेछ ।

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फ…

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया