वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले विथोलिएको राजनीतिलाई २०७२ सालमा लयमा फर्काइएको उल्लेख गर्दै अहिले काँग्रेस–एमालेको योजनामा, अन्य दलहरुको समेत सहभागितामा निर्मित वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित रहेको बताएका हुन् ।
उनले वर्तमान सरकार राष्ट्रमा देखिएका चूनौति सामना गर्दै अघि बढेको जिकिर गरे । देशमा स्थीरता र स्थायीत्व कायम गर्न र स्थीरता र स्थायीत्व सरकारसंग नभइ देशमा सुशासन र तीव्र आर्थिक बिकासमा सदूपयोग गर्ने नीतिका साथ सरकारअघि बढिरहेको उनले बताए ।
उहाले सरकारले मधेश प्रदेशका आठ वटै जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको र तराईमा सम्पूर्ण शक्ति परिचालन गर्ने स्पष्ट पार्नुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने अठोटमा आफूू स्पष्ट रहेको भन्दै तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारमा संलग्नलाई कारवाही हुने बताउनुभयो । उहाले कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिनुुभयो । त्यस्तै उहाले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रकियालाई टुङगोमा पु¥याउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको जिकिर गर्नुभयो । उहाले आगामी दिनमा आयोगका पदाधिकारीहरुले पीडित पक्षसँग बसेर, आपसमा छलफल गरेर नै शान्ति प्रक्रियाका बाँकी कामहरू अगाडि बढाउने उल्लेख गर्नुभयो । त्यस्तै उहाले भूमि समस्या समाधान आयोगको गठन भै उक्त आयोग मार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको व्यवस्थापन गर्ने संवैधानिक दायित्व कार्यान्वयनमा ल्याइएको बताउनुभयो । बाइट........
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संसदमा विचाराधीन रहेको र चालु आर्थिक वर्षमै भूमिसम्बन्धी एकीकृत ऐन तर्जुमा हुने उन को भनाइ छ । उनले युुवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता रहेको बताए ।
सरकारले विस. २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि उनले स्पष्ट पारे ।

युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु सरकारको प्राथमिकता : प्रधानम…

सभामुखद्वारा रास्वपा र राप्रपाका नेतासँग छलफल

‘सात दिनभित्र समितिका दिर्नेशनको प्रगति विवरण माग्ने निर्णय’

जलस्रोत विधेयकमाथि दफावार छलफल सुरु

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

प्रतिक्रिया