विद्यालय, अभिभावक र विद्यार्थी त्रिकोणात्मक सम्बन्ध

ससाना बालबालिकाहरूलाई सामाजिकीकरण गर्नका लागि विद्यालय समुदाय कुनै पनि समूह संगठनको महत्त्वपूर्ण योगदान रहेको हुन्छ।
व्यक्ति एक चेतनशील प्राणी हो। उसका हरेक क्रियाकलापले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले एकअर्कालाई असर गरिरहेको हुन्छ। व्यक्तिलाई सधैं सभ्य सुसंस्कृत परिष्कृत बनाउँदै जान विद्यालय निरन्तर रुपमा लागिरहेको हुन्छ। समाजमा व्यक्तिको आत्मनिर्भरताको लागि चाहिने सीप दक्षता ज्ञान हासिल गर्ने प्रमुख स्थल भनेकै विद्यालय हो। विद्यालयमा विभिन्न वर्ग जाति लिङ्गबाट आएका विद्यार्थीको जमघट हुने गर्दछ र विद्यालयमा विभिन्न सामूहिक क्रियाकलाप हुने गर्दछ। यस्ता सामूहिक क्रियाकलापले विद्यार्थीहरूमा सामूहिक सहयोग सद्भावको विकास भई योग्य नागरिक बन्न मद्दत गर्दछ।
विद्यालयले समुदायका मानिसलाई निरन्तर रूपमा सचेतीकरण सामाजिकीकरण गर्ने कार्य गर्नुपर्दछ र समुदायले पनि विद्यालयका विविध कार्यक्रमहरूमा सहयोग गर्दै जानुपर्दछ। जसले scartch my bike I will scartch yours. भन्ने भावनाको विकास हुन्छ विद्यालयले सञ्चालन गर्ने सांस्कृतिक कार्यक्रम खेलकुद हाजिरी जवाफ छलफल अभिभावक दिवस जस्ता कार्यक्रमले विद्यार्थीहरूमा आफ्ना आमाबुवा तथा अभिभावकहरूको सामुन्य विभिन्न क्षमता प्रतिभा देखाउने अवसर प्रदान गर्दछ।
जसले उनीहरूको आत्मबल बढ्छ साथै विद्यालयले सञ्चालन गर्ने विविध कार्यक्रममा समुदायको सहभागिताले विद्यालय र अभिभावक बीचको सम्बन्धको गाँठो दरिलो सुदृढ र बलियो बनाउनमा र शिक्षक अभिभावक र विद्यार्थीको सूक्ष्म अध्ययन छलफल निदान एकआसका सुझाव सल्लाह तथा तीता मिठा अनुभवहरू आदानप्रदान गर्न मद्दत पुग्दछ।
विद्यालयका कुनै पनि कार्यक्रम सुचारु रुपले एवं प्रभावकारी ढंगले निरन्तर रुपमा विद्यालय एक्लैले सञ्चालन र सम्पादन गर्न सक्दैन। जसका लागि स्थानीय समूह अभिभावकको प्रतिबद्धता र व्यापक सहयोगको खाँचो पर्दछ। विद्यालयले आवश्यकता अनुसारको सहयोग प्राप्तिका लागि अभिभावकहरूसँगको सम्बन्धमा समय सापेक्ष सुधार र परिवर्तन गर्दै जानुपर्ने हुन्छ। जसको फलस्वरूप अभिभावक र विद्यालय परिवारबीचको न्यानो निकटतम मैत्रीपूर्ण सम्बन्ध तथा सहयोगको भावना दीर्घकालीन रुपमा विकास र विस्तार गर्दै लान सरल हुन्छ।
विद्यालय र अभिभावकको सम्बन्धलाई अझ सुदृढ सशक्त र उत्कृष्ट बनाउन स्थानीय अभिभावक र समुदायमा घुलमिल भई समुदायका विविध कार्यक्रममा सहभागी हुने कार्यविद्यालयले पनि गर्नुपर्दछ। यसले समुदायको विद्यालयप्रति सहयोगको भावना व्यापक रूपमा अभिवृद्धि भएर आउँछ। यसले नै विद्यालय र अभिभावकको बीचमा व्यवहारिक रुपमा देखिनुपर्ने एकआपसको सहयोग र सम्बन्धले एक बलियो र सशक्त रुप लिन सक्दछ। कुनै पनि बाबुआमाले शिशुलाई जन्म दिएर मात्रै आफ्नो कर्तव्य पूरा हुँदैन उसको लालनपालन स्याहार सम्भार गरी समाजको असल र सुयोग्य नागरिक हुनसक्ने कार्यको थालनीमा विद्यालयलाई सहयोग गर्नुपर्दछ।
बालबालिकाको प्रथम विद्यालय भनेकै उसको घर हो। उनीहरूलाई घरमा असल संस्कारको विकास गराउनु पर्दछ यही संस्कारले बालबालिकालाई विद्यालयमा अनुशासित सभ्य सुसंस्कृत भई ज्ञान हासिल गर्न मद्दत गर्दछ। अभिभावकले बालबालिकाको बारेमा मैले के कस्ता कार्य गर्नुपर्छ भन्ने कुरामा सचेत हुनुपर्छ। विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावकहरू समयसमयमा विद्यालयमा उपस्थित भई आफ्ना नानीहरूका विभिन्न क्रियाकलापका बारेमा प्रत्यक्ष रुपमा बुझ्ने गर्नुपर्दछ। आफ्ना बालबालिका नियमित रुपमा विद्यालय गइरहेका छन् छैनन् भनेर हेर विचार गर्नुपर्दछ।
विद्यालयमा उनीहरूका गतिविधि के कस्ता छन् गाउँघरमा विद्यार्थीका के कस्ता व्यक्तिको संगत छ भनेर उनीहरूको रेखदेख गर्नुपर्दछ। गलत दिशातर्फ लागेका भए विद्यालय र अभिभावकले रेखदेख गर्नुपर्छ। गलत दिशातर्फ लागेका भए विद्यालय र विभागले एकअर्कालाई दोषारोपण गर्नुको सट्टा एक आपसमा सहयोग छलफल गरी निदानात्मक उपायको खोजी गर्नुपर्दछ बालकबाट समाज राष्ट्र घर परिवार विद्यालयले ठूलो आशा राखेको हुन्छ त्यसैले अभिभावक र विद्यालयले आआफ्नो जिम्मेवारी कर्तव्यको पालना गर्नुपर्दछ यसरी ज्ञान लिने दिने कार्यमा वातावरण राम्रो भई बाल बालक शिक्षक र अभिभावकको लगानी सफल हुन्छ। र एकआपसको बैमनस्यता एकअर्काप्रतिको भ्रामक र गलत धारणामा परिवर्तन ल्याउन सकिन्छ।

संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ

विद्या भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सकिँदैन

संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः अर्थमन्त्री पौडेल

' विद्यार्थीको व्यवहारिक शिक्षा, चौतर्फी विकासमा हामीले ध्यान दिन्छौ'

देशमा आर्थिक विकास गर्न सुशासन पहिलो शर्त हो : उपसभापति डा वाग्ले

स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा

कीर्तिमानी आरोहीहरुको गाउँ ‘बेदिङ’

प्रतिक्रिया