पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । “आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली !”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेखेका छन् ।
कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए ।
पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । पुष्पलाल नेकपाका संस्थापक महासचिव थिए । उनको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रियः महासचिव पोखरेल

कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हु…

गणतन्त्रको सबैभन्दा बढी चिन्ता तथा सरोकार आफूहरुलाई छः अध्यक्ष प्रचण्ड

किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन, बल्ल अ…

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

संसदीय समितिमा जलस्रोत बिधेयकबारे छलफल हुँदै

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

प्रतिक्रिया