राप्रपा वैकल्पिक शक्तिका रुपमा अघि बढ्ने

मकवानपुर - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताएका छन् ।
अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा आज स्थानीय बकैया गाउँपालिका-४ जुरेलीमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै पार्टीको निष्ठा, सिद्धान्तलाई राजनीतिक दलहरुले जनहितका लागिभन्दा आफ्नो दलको स्वार्थका लागि मात्रै अगाडि बढाउँदा प्रजातान्त्रिक संस्कार र राष्ट्रप्रति जिम्मेवारीको भावना हराउँदै गएको बताए ।
सो अवसरमा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौला, राप्रपा जिल्ला सदस्य अर्जुन तिमल्सिना र राप्रपा बकैया गाउँपालिकाका अध्यक्ष राजाराम अर्यालले पार्टीको सङ्गठनलाई अनुशासित, मर्यादित र सुस्त बनाई महाधिवेशनमा सक्षम नेतृत्वको निर्वाचनका लागि कार्यकर्ताहरु एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका थिए । (रासस)

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया