मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन ।

जसअनुसार चौदण्डीगढी नगरपालिका–९ अजयगरा बस्ने १९ वर्षीय सुजन सदालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उता, पर्वतमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्का एकजना पक्राउ परेका छन् । बिहादी गाउँपालिका–६ चर्काङ बस्ने ६४ वर्षीय भुवान्नद तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।  भुवानन्दले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सेतीवेणीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।