'सरकारले थप खोपको पहल थालिसक्यो'
काठमाडौँ - सरकारले खोप उपलब्ध गराउने सबै मित्र राष्ट्र र कम्पनीलाई धन्यावाद दिँदै थप खोपको पहल अघि बढाएको छ । कूटनीतिक पहलकदमीमा सक्रियहरुलाई पनि सरकारले स्मरण गर्दै खोप उपलब्ध गराउने मुलुक प्रति आभार व्यक्त गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएपछि नेपाली नागरिकलाई अहिले खोप चाहिएको छ त्यसले सरकारको ध्यान खोप-खोप-खोप भनेका थिए । त्यही अनुरुप नै मन्त्रिपरिषद्ले खोप ल्याउने विषयमा पहल गर्नेक्रममा यो निर्णय लिएको एक मन्त्रीले बताए ।
नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै मुलुकलाई लिखित धन्यवाद पठाउने सरकारको निर्णय छ । सरकारले सबै मुलुकसँग कूटनीतिक पहलकदमीबाटै खोप ल्याउने र त्यसका लागि नियोगहरू सक्रिय रहनु पर्ने निर्णय सरकारले गरेको छ । नियोगहरूले तत्काल खोप उपलब्ध गराउन पहल गर्नुपर्ने राजदूतले त्यसको रिपोर्टिङ पठाउन पर्नेलगायतका विषयमा छलफल भएको छ ।
परराष्ट्रमन्त्रीसमेत रहेका प्रधानमन्त्रीले मुख्य सचिवमार्फत तत्काल राजदूतहरूसँग खोपको विषयमा जानकारी लिन निर्देशन दिएका छन् । साथै अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरूलाई आह्वान गरेको जानकारी सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताइसकेका छन् ।
नेपालमा भारतमा उत्पादित कोभिशिल्ड, चीनमा उत्पादित भेरोसेल र अमेरिकामा बनेको जोन्सन एण्ड जोन्सनको खोप लगाउने काम भएको छ । भारतले ११ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपालले १० लाख डोज भारतबाट खरिद गरिएको थियो । चीनले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ भने थप १६ लाख उपलब्ध गराउने बताएको छ । त्यसबाहेक चीनसँग नेपालले ४० लाख भेरोसेल खरिद गरेको छ । त्यसको पहिलो खेप आइसकेको छ । त्यस्तै भारतसँग पनि १० लाख खोप खरिद गरेको भए पनि उसले उपलब्ध गराउन सकेको छैन् । त्यसमा पनि सरकारले चासो देखाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया